जाजरकोटमा गठबन्धन गर्न प्रतिवद्ध तर भागबन्डा मिलाउन सकस
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १७:२१:७
♦ हेमन्त केसी
२८ चैत, जाजरकोट । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् । स्थानीय तहको निर्वाचनमा कन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैदान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ ।
जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) र जनता समाजवादी पार्टी बीचमा चुनावी तालमेल गर्ने सहमति भएपनि भागबण्डा कसरी मिलाउने भन्ने सकस परेको छ ।
नेकपा समाजवादी र जनता समाजवादी पार्टीको खासै प्रभाव छैन । २०७४ सालमा सात स्थानीय तह मध्य तीन एमाले, दुई कांग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए । जितेका आफैले राख्दा पनि एमालेले जितेका तीन पालिकामा काँग्रेस र माओवादी केन्द्र विच भागबन्डामा तानातान पर्ने देखिन्छ ।
कांग्रेसले पाँच, माओवादी केन्द्रले पाँच र नेकपा समाजबादीले एक पालिका दावी गरेका छन् । काँग्रेस जितेका बाहेक सवै ठाँउमा निकटतम प्रतिद्धन्दी छ । दुई सय देखि हजार मतको अन्तरमा कांग्रेसका उमेदवार पराजित भएका थिए । यस हिसावले पनि कांग्रेसले पाँच पालिका पाउनु पर्ने अडानमा रहेको पार्टी सभापति वेदराज सिंहले बताए ।
कांग्रेसले पाँच दावी गरेपनि चार माओवादीलाइ र आफूलाई तीन पालिका राख्न चाहेको छ । तर समाजवादीले कुनै पनि हालतमा एक पालिका आफुहरुको हुनु पर्ने अडानमा भएपछि भागबण्डामा सकस परेको हो ।
एक्ला एक्लै चुनाव लड्दा पनि सवै पालिका जित्न सक्ने बलियो सम्भावना छ यद्यपी माओवादीको केन्द्रीय परिपत्र अनुसार गठबन्धन गर्ने कुरामा हामी बाधक छैनौ तर माओवादीको यसपटकको बढ्दो जनमत, २०७४ सालको मत सवै कुरालाई मध्यनजर गर्दा पाँच भन्दा तल झर्ने पक्षमा नरहेको संयोजक ढकबीर रानाले बताए ।
धेरै कार्यकर्ताले भागबण्डाको नाममा न्यायोचित निर्णय नभए गठनबन्धन नस्वीकार गर्ने चेतावनी दिईरहेका छन् । कांग्रेसले पनि आफ्नो प्रभाव क्षेत्र रहेको भन्दै गिभ एण्ड टेक को निति अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका नेता रामदीप आचार्यले गठबन्धन भए काँग्रेस र माओवादी दुवैलाई फाइदा हुने भएकोले मिलेर जान आग्रह गरे । जिल्ला स्तरबाट नमिले माथिल्लो निकायबाटै भएपनि भागबण्डा मिलाउनु पर्ने केही नेताहरुको धारणा छ ।
पार्टीहरुले वडा देखि गाँउ नगरसम्म उम्मेदवारहरुको नामबली चैत्र मसान्त भित्र पठाउन निर्देशन दिईसकेका छन् । वडा देखि पालिकासम्म आकाँक्षी धेरै देखिएका छन् । गठबन्धन हुने कुराले धेरै नेता तथा कार्यकर्ता उत्साहित पनि छन् भने केही ससंकित समेत छन् । ग
ठबन्धन भए ढुक्क सँग जितिने भएकोले आफ्नो पालिकामा भाग पार्न र टिकट हत्याउन धेरै नेताहरु लागिपरेका छन् । जिल्ला र प्रदेश तहका नेताहरुको दैलो चाहर्न थालेका छन् । वडा सम्मै गठनबन्धन गर्ने सैद्धान्तिक सहमति गरेपनि कसरी भागबन्डा मिलाउने भन्नेमा कांगेस र माओवादी दुवैमा निकै सकस देखिएको छ ।
समाजवादीलाई मिलाउनु पर्ने र आफ्नै पार्टीका कार्यकर्ताको भावनालाई समेटेर अघि बढ्नु पर्ने चुनौति यति वेला गठबन्धन दलका नेताहरुलाई परिरहेको माओवादी केन्द्रका नेता गगन खड्काले बताए ।
गठबन्धनको भागबन्डा मिलाउन माओवादी केन्द्रका नेता शक्ति बस्नेत र काँग्रेस नेता राजिब विक्रम शाह समेत लागि परेका छन् । उनीहरुले आन्तरिक तथा बाहय छलफललाई तिब्रता दिएका छन् । शक्ति बस्नेतले भागबण्डा मिलाउने विषयमा पार्टी भित्र र अन्य दलका जिम्मेवार नेताहरु सँग छलफल गरिरहेको उनका स्वकीय सचिव देवराज बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार