मंगलबार बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, तीन जनाले पाउनेछन् ११ कित्ता
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १८:५१:३१
२८ चैत, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलवार बाँडफाँड गर्ने तयारी भइरहेको छ । कम्पनीको आईपीओ प्रि–अलोटमन्ट भने शुक्रवार सम्पन्न भइसकेको छ । कम्पनीले चैते १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।
कम्पनीले सर्वसाधारणको लागि छुट्याएको १६ लाख ६३ हजार ४५३ कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रथाबाट बाँडफाँड हुँदा १ लाख ६६ हजार ३४५ जनाले आईपीओ पाउनेछन् । तीन जनाले भने कम्पनीको ११ कित्ताको दरले आईपीओ हात पार्न सफल हुनेछन् ।
उक्त आईपीओमाा अन्तिम दिन सम्ममा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा १५ दशमलव ७६ गुणा आवेदन परेको छ । जसमध्येबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्ताका लागि दरले आईपीओ पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धरहराबाट प्रधानमन्त्रीले सार्वजनिक गरे एनपीएलको ट्रफी (फोटो फिचर)
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार