तीन कम्पनीले आईपीओ निष्कासनको लागि पाए अनुमति, २३ कम्पनी पाइपलाइनमा
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:२६:२२
२८ चैत, काठमाडौं । रिभर फल्स पावर लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी र विन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्कासनको लागि अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले चैत २८ गते यी तीन वटै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
यसैबीच बोर्डका अनुसार आईपिओ निष्कासन तथा स्वीकृतिका लागि २ दर्जनभन्दा बढी कम्पनीहरु अझै पाइपलाइनमा छन्। ती मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन्।
पाइपलाइनमा रहेका कम्पनी ?
मुक्तिनाथ कृषि कम्पनी
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरका ४ लाख कित्ता आईपिओ निष्कासन गर्नको लागि गत फागुन २० गते बोर्डसँग अनुमति मागेको हो ।
धैलागिरी लघुवित्त
धैलागिरी लघुवित्तले आईपिओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरका ३ लाख ३१ हजार कित्ता आईपिओ निष्कासन गर्नको लागि गत फागुन २३ गते बोर्डसँग अनुमति मागेको हो ।
थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड
थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर ९आईपिओ० निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्नको लागि गत साउन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर ९आईपिओ० निष्कासनका लागि साउन १२ गते सेवनमा निवेदन दिएको छ। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर ९आईपिओ० निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोर्ड ९सेवन० मा निवेदन दिएको छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।
इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड
इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर ९आईपिओ० निष्कासन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेड
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
पिपुल्स पावर कम्पनी लिमिटेड
पिपुल्स पावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा विक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्नका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा बिक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री गर्नका लागि पुस २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
एशियन हाइड्रोपावर कम्पनी लिमिटेड
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर ९आईपिओ० निष्कासन तथा बिक्री खुला गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।
सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावरले पनि आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयरका लागि निवेदनका दिएको हो । यसको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।
राप्ती हाइड्रो जनरल कन्ट्रक्सन
राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासनका लागि अनुमति मागेको छ । मुक्तिनाथ क्यापिटलले यसको बिक्री प्रबन्धकको काम गर्नेछ ।
आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता शेयरका लागि निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
डिशहोम
डिशहोमले पनि २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयरका लागि अनुमति मागेको छ । यसको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहनेछ ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि शेयर निष्कासन गर्दैछ । यस कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता शेयरका लागि अनुमति मागेको हो ।
अपर हेवाखोला हाइड्रो पावर
अपर हेवाखोला हाइड्रो पावरले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता शेयरको अनुमति मागेको छ ।
हिमालयन हाइड्रोपावर कम्पनी
हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।
मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता शेयरका लागि अनुमति मागेको छ ।
श्वेतगंगा हाइड्रोपावर
श्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता शेयरका लागि बोर्डसँग अनुमति मागेको छ । उल्लेखित कम्पनीहरुले अब धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार