नेपाल प्रहरीका तीन डीआईजीले एआईजी बढुवाविरुद्ध दिएको रिट सर्वोच्चद्वारा स्थगित
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २१:२३:८
२८ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक –एआईजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।
गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।
डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गर्नुभएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चुडालले गत मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । यद्यपि, आज दुवै पक्षलाई छलफलमा बोलाइए पनि सर्वोच्चले उक्त पेशी स्थगित गरेको छ ।
एआईजीमा बढुवाविरुद्ध डीआईजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआईजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सोही विषयलाई लिएर डीआईजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए । त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो । आयोगले एआईजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार