ब्याजदर नबढ्ने खबरले समेत खुशी छाएन शेयरबजारमा
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २१:४५:३८
२८ चैत, काठमाडौं । निक्षेपको ब्याजदर नबढ्ने खबरले समेत शेयरबजारमा खुशी छाउन सकेन । गत फागुनमा निक्षेपको ब्याजदर बढेदेखि ओरालो लागेको बजार ब्याजदर यथावथ रहँदा समेत बढ्न सकेको छैन् ।
आज सोमबार बजार साढे ४४ अंक घटेको छ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४४.६४ अंक घटेर २४१९.७१ विन्दुमा झरेको छ। कारोबारको सुरुवातमा बढेको नेप्से, त्यसपछि बिक्रीकर्ता हाबी भएका कारण ओरालो लाग्न पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ९.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। गत बिहीबार २ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३३ स्टकको ४० हजार ५०७ पटकको कारोबारमा २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको ५० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्से ओरालो लागेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य कम्पनीको शेयरमूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यर दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ९.९८ प्रतिशत घटेको हो भने राष्ट्र उत्थानको ९.९२ प्रतिशत घटेको हो।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ जसमध्ये यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जीवन बीमा उपसमूहको परिसूचक ३.१५ प्रतिशत घटेको छ भने वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार