एकिकृत समाजवादीको घोषणापत्र तयार, चर्चा माधव नेपाल र झलनाथ खनालको मात्रै
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २१:४५:३१
२८ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ ।
आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।
देशको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानका कारण आएको मानिन्छ । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा उपप्रधानमन्त्री हुँदा नेपालले अभियानसहितको नीति तथा कार्यक्रमको मस्यौदाको तयारी गरेको घोषणापत्रमा भनिएको छ ।
अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको पनि दाबी एकीकृत समाजवादीको छ ।
समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ ।
पुष्पलाल लोकमार्ग (मध्यपहाडी), काठमाडौं–निजगढ दु्रतमार्ग, देशलाई सुरुङ युगमा प्रवेश गराउने, स्थानीय तहमा महिला र उत्पीडित समुदायको उपस्थिति बढाएको र शान्ति स्थापनाका लागि आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘अनमिन’लाई बिदाइ गरेको गतिविधिलाई पनि एकीकृत समाजवादीले उपलब्धि भनेको छ ।
यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार