राष्ट्रिय सभा सदस्य दाहालको शपथ ग्रहण मंगलबार
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २२:२०:२४
२८ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको शपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।
दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विदादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।
बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् ।
उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार