मेलम्चीको पानी भोलि सुरूङमा खसालिने, काठमाडौं आइपुग्न केही दिन लाग्ने !
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २२:३०:३९
२८ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी भोलि सुरूङमा खसालिने भएको छ । गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो ।
बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएको छ । योसँगै पानी खसालिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।
हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएसँगै पानी सुरूङमार्गमा खसालिन लागिएको उनको भनाइ छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । सोही अनुसार मर्मत सम्भारको कामलाई तीव्रता दिएको थियो ।
‘भोलि सुरूङमा पानी खसालिन्छ । सुरूङमा पानी भरिएर काठमाडौं आइपुग्न केही दिन लाग्छ,’ उनले भने, ‘अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने बाहेकको अन्य काम सकिएको छैन् ।’
गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । भोलि मंगलबार सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्न केही दिन लाग्नेछ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताए । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल निर्माण भएका छन् । बाँकी काम निर्माणाधीन अवस्थामा रहेको पन्तको भनाइ छ ।
गत वर्ष १७ चैतमा मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि १ असारमा सुरूङमा पानी बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । बाढीले मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिन जम्मा भएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा दोस्रो पटक उद्घाटन गर्न लागिएको थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उद्घाटन कार्यक्रम स्थगित भएको छ ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै सरकारले मेलम्चीको काम चाँडो सक्न दबाब दिँदै आएको थियो । जसले गर्दा अहिले पनि सुरूङ सफा गर्ने कामबाहेक अन्य बाटो बनाउने, पुन निर्माण गर्ने लगायतका काम जारी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार