महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की तथा बोर्ड सहयोग
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २३:३०:३७
२८ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा. वि चमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनमा सहजताका लागि ७ थान ह््रवाईट बोर्ड तथा पिउने पानीको सहजताका निम्ति १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा अजयमेरु गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्रधानाध्यापक रन बहादुर ऐर, शिक्षक, विद्यार्थी, राजनितिक दलका प्रतिनिधी, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधी, स्थानीय, पत्रकार तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापकले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्ने कुरा डडेल्धुरा शाखाका प्रबन्धक प्रकाश खड्काले जानकारी गराए ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार