एमालेले चाह्यो भने देउवाले नेतृत्व गरेको खैँजडी सरकार सात दिनमा फालिदिन्छः ओली
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार २३:४१:२२
२८ चैत, बझाङ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले चाहेमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकार एक हप्ता पनि नटिक्ने बताएका छन् ।
वर्तमान सरकारलाई ‘खैँजडी सरकार’ भन्दै ओलीले अझै पनि चुनाव सार्न खोजेको बताएका छन् । बझाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यो सरकारले आफूलाई अजम्बरी नसोचे हुन्छ भन्दै उनले एमालेले चाह्यो भने सातदिनमा जरा उखेल्न सक्ने बताए । चुनाव विथोल्ने बहाना नहोस भनेर एमाले सहेर चुप लागेर बसेको ओलीको भनाई छ ।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘खैँजडी सरकार’ भन्दै अध्यादेश र नक्कली कानुन ल्याएर चुनाव सारेर लोकतान्त्रिक अभ्यास अन्त्य गर्न र देशलाई प्रतिगमनमा लैजान खोजेकाले यो प्रतिगामी सरकार भएको बताए ।
देउवा जहिले जहिले सरकारमा गए पनि लोकतन्त्र बुझाएको इतिहास रहेको बताउँदै ओलीले भने, ‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ । उहाँले लोकतन्त्र बुझाउनुहुन्छ । प्रधानमन्त्रीज्यू यसपल्ट गठबन्धनलाई चेतावनी दिन चाहन्छु– चुनाव सार्ने खेल नहोस् ।’
एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिए ।
वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार