कांग्रेसले माग्यो घोषणापत्रमा सुझाव, टोल फ्री नम्बर र सामाजिक सञ्जालबाट पनि दिन सकिने
नेपालबहस संवाददाता
चैत २८, २०७८ मंगलबार १:४४:४५
२८ चैत्र, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्रका लागि सबै क्षेत्रबाट सुझाव मागेको छ । कांग्रेसले जारी गर्ने घोषणापत्रमा कुनै पनि पक्षका विषयहरु नछुटुन भन्नका लागि स’झाव माग गरेको हो ।
घोषणापत्रमा समेट्नुपर्ने विषयबारे नेता, कार्यकर्ता र सर्वसाधारणसँग सुझाव संकलनका लागि टोल फ्री सेवा सञ्चालनमा ल्याएको छ । समितिले घोषणापत्रमा सर्वसाधारणका सुझावसमेत समेट्ने गरी टोल फ्री सेवा, मोबाइल र सामाजिक सन्जाल खुला गरेको हो ।
कांग्रेसले घोषणापत्र निर्माण समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई तोकेको छ । थापाले समितिलाई विस्तार गर्दै अहिले घोषणापत्रमा समेट्नुपर्ने विषयहरुबारे समूहगत रुपमा छलफल गरिरहेका छन् ।
घोषणापत्रबारे छलफल गर्न कांग्रेसले ३० चैतमा केन्द्रीय समितिको बैठक बोलाएका छ । पार्टीको घोषणापत्र वैशाख ११ गते सार्वजनिक गर्ने गरी तयारी अघि बढाइएको समितिले जनाएको छ ।
सर्वसाधारण र मतदातासमेतको सुझाव संकलन गर्ने गरी टोल फ्री सेवा र सामाजिक सन्जालबाट समेत सुझाव संकलन गर्न लागिएको छ ।घोषणापत्र लेखन समितिले जनताका सुझाव संकलनका लागि टोल फ्री नम्बर र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो ।
समितिले १६६००११५८८८ र मोबाइल नम्बर ९८५१३४२५५५ नम्बरमा सम्पर्क गरेर घोषणापत्रका लागि सुझाव दिन सबैलाई अनुरोध गरेको छ । भाइबर नम्बर र ह्वाट्स एप तथा सामाजिक सञ्जाल फेसबुक पेज (Nepali Congress Election Manifesto) तथा वालको माध्यमबाट सुझाव दिन सकिनेछ ।
यी माध्यमहरूबाट कांग्रेसको सातवटा प्रदेश समिति, ७५३ पालिका कार्यसमिति, नेपाली कांग्रेस पार्टी, विभिन्न जनसमुदाय र आम मतदाता समेतबाट लिखित तथा मौखिक सुझाव लिने र ती सुझावलाई घोषणापत्रमा समेट्ने काम प्रारम्भ भएको समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक लाख ३५ हजारभन्दा बढीले मुस्ताङ घुम्ने
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार