महानगरमा शीर्ष नेतृत्वलाई दवाव, पोखरा कांग्रेस पनि काठमाडौं आउँदै
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १५:६:५६
२९ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरका उम्मेदवार छानोट गर्ने जिम्मा केन्द्रमा राखिएपछि गठबन्धनमा भागबण्डा मिलाएर उम्मेदवार छनोट गर्न शीर्ष नेतृत्वमा दवाव परेको छ ।
काठमाडौं,ललितपुर,भक्तपुर, भरतपुर, पोखरा, विराटनगर लगायतका सबै जासोमा गठबन्धनले भागबण्डा मिलाउनुपर्नेछ । सरकारको नृतृत्वसमेत गरिरहेको नेपाली कांग्रेस महानगर मिलाउने विषयमा बडी तनामा देखिएको छ ।
स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने नेपाली कांग्रेसले केन्द्रमा निर्णय गरिसकेको छ । उक्त निर्णय पश्चात गठबन्धनका माओवादी र समाजवादी दुवैले पोखरा महानगरपालिकामा आ–आफ्नो दाबी गरेका छ्न् । समाजवादीको पहिलो रोजाइ नै पोखरा हो ।
भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ । अघिल्लो निर्वाचनमा १३ हजार ७०२ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।
अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् ।अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४१६ मत ल्याएको थियो । यसपटक पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ ।
सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांगेस नेतृत्व काठमाडौं आउँदैछ ।
कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं आउँदैछन् ।
उनीहरुले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको थापाले बताए ।
अहिले कांग्रेसमा दर्जनबढी आकांक्षी पोखराको नेतृत्व लिन तयार छ्न् । उनीहरु आफ्नो पक्षमा लविङ् गरिरहेको छन् । यता गठबन्धन गर्ने केन्द्रको निर्णयले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ ।
कांग्रेस शीर्ष नेतृत्वलाई भेटेर कांग्रेस नेतृत्वमा चुनावमा जाँदा गठबन्धनको जीत सुनिश्चित हुने जानकारी गराइने मन्त्री विन्दुकुमार थापाले बताए । यता, एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
पुष ९, २०८१ मंगलबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार