मधेश प्रदेशमा गठबनधन बैठक जारी, कलैयाबाहेक १३२ पालिकामा सहमतिको प्रयास
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १६:५१:४७
२९ चैत, जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको विषयमा छलफल गर्न मधेश प्रदेशको सत्तारुढ गठबन्धन दलको प्रदेशस्तरीय बैठक बसिरहेको छ ।
बर्दिबासमा जारी बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश र जिल्लास्तरीय नेताहरूको सहभागिता छ ।
वैठकमा मधेश प्रदेशका १ महनगरपालिका वीरगञ्ज, उपमहनगरपालिका जनकपुरधाम, सिमरा र कलैयाबाहेक बाँकी रहेका १३२ वटा पालिकाको विषयमा चुनावी तालमेल गर्ने विषयमा छलफल हुने नेकपा एसका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवले बताए ।
महानगरपालिका र उपमहनगरपालिकाको चुनावी टिकट वित्तरणको विषयमा गठबन्धनको केन्द्रीय नेताहरू बीच छलफल हुने तय भएको उनले बताए ।
१३२ वटा स्थानीय तहमा गत स्थानीय तहको निर्वाचनमा पार्टीहरूले पाएको मतपरिणाम, वर्तमानमा पार्टीको पालिका, जिल्लामा रहेको संगठन लगायतका विषयलाई लेखाजोखा गरि शक्ति सन्तुलनको अधारमा टिकट भाग बण्डा हुन सक्ने उनले बताए ।
एक प्रश्नमा उनले भने,‘ हामीले १३२ वटै पालिकामा गठबन्धनमा जोड दिएका छौँ । यसले राम्रो सन्देश पनि दिन्छ । तर, कुनै पार्टीले कुनै खास पालिमा गठबन्धन गर्न नचाहेको अवस्थामा गठबन्धन भित्रैका बाँकी पार्टीहरूले पनि छुट्टै गठबन्धन गर्न सकिने वातावरण पनि बस्न सक्छ ।’
कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले पार्टीले आवश्यकताअनुसार गठबन्धनमा जोड दिँदै आएको छ । कांग्रेस बलियो भएको पालिकामा अन्य दलसँग गठबन्धन नगर्ने मनसाय देखिएको छ ।
यस्तोमा बाँकी गठबन्धन दलभित्रै उपगठबन्धन भएको खण्डमा के गर्ने विषयमा सभापति यादवले भने,‘ यो विषयमा अहिले कुनै छलफल भएको छैन । हामी छलफलमा छौँ । छलफलबाट जे निर्णय हुन्छ सोहीअनुसार पार्टी अगाडी बढ्छ ।’
गठबन्धन दलका जिल्ला अध्यक्षहरूलाई पहिला नै आ–आफ्नो जिल्लाको वास्तविक संगठनिक अवस्था, चुनावी अवस्था लगायतका विषयमा प्रतिवेदन तयार भनिएकोले उनीहरूले तयार गरेको प्रतिवेदनमा पहिलो चर्चा हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार