अर्थमन्त्रीबाट शर्मालाई हटाउने तयारी, गठबन्धनमा आज छलफल हुँदै
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:१३:७
२९ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट हटाएर अर्थमन्त्रालयमा नयाँ मन्त्री ल्याउनुपर्ने प्रताव गठबन्धनमा परेपछि सत्तारुढ दलमा आन्तरिक छलफल सुरु भएको छ ।
सत्तारुढ दलका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक मंगलबार ४ बजे बोलाइएकाले त्यसअघि दलहरुले यो विषयमा कसरी जाने भनेर छलफल गरिरहेका छन् ।
गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार नै यो प्रस्ताव राखेका थिए ।
बैठकमा कांग्रेस नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई, ‘अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनुस्’, भनेका थिए ।
बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए । माओवादीका केही नेताहरुले सोमबारदेखिनै यस विषयमा आन्तरिक छलफल गरिहेका छन् ।
कांग्रेस र नेकपा एकिकृत समाजवादीमा पनि अर्थमन्त्रीका विषयमा छलफल भइरहेको छ । माओवादी बाहेका गठबन्धनमा रहेका दल अर्थमन्त्री परिवर्तन गर्नुपर्ने पक्ष्ँमा पुगेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार