नेपथ्य कन्सर्टको तयारी
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:४६:१९
२९ चैत्र, काठमाँडाैँ। देशकै चर्चित ‘व्याण्ड’ ले कोरोना महामारीपछि पहिलोपल्ट दमकमा आगामी वैशाख १ गते साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर दमकको धु्रवतारा दमकमा नेपथ्यले कार्यक्रम आयोजना गर्न लागेको र त्यसको तयारी अन्तिम चरणमा पुगेको नेपथ्य व्यवस्थापन गरिरहेको नेपालयले जनाएको छ ।
स्थानीय सरस्वती माध्यमिक विद्यालय परिसरमा हुने सो कार्यक्रम नेपथ्यको दमकमा पाँचौँ प्रस्तुति हो । दमकमा यो कार्यक्रम नेपाली टच अष्ट्रिलया र दमकको पुरानो खेलकुद संस्था धु्रवतारा स्पोर्टिङ क्लबले संयुक्तरूपमा आयोजना गर्न लागेको हो । धु्रवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको ३० वर्ष मनाउने अवसरका रूपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।
आयोजक संस्थामध्ये नेपाली टच अष्ट्रिलयाका कार्यकारी प्रमुख राज गोश्वामीका अनुसार कार्यक्रमका लागि टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने रु एक हजार राखिएको छ ।
“सङ्गीतप्रेमी दर्शकका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यतापूर्वक उभ्याउने तयारी गरेका छौँ”, व्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन, “नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ ।”
महामारी अगाडि नेपथ्यको प्रस्तुति काठमाडौँको भृकुटीमण्डपमा भएको थियो । विसं २०७६ फागुन १७ गतेको त्यो पछिल्लो ‘कन्सर्ट’ एउटा गाउँले विद्यालयको पुनःनिर्माणका लागि आयोजना गरिएको थियो । यो नै महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो । यसपटकको नेपथ्य कार्यक्रम दुई वर्षपछिको अन्तरालमा हुँदैछ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार