कैलालीमा एमाले र जसपाबीच चुनावी तालमेलको प्रयास
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:५४:२८
♦ मोहन जोशी
२९ चैत, धनगढी । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ ।
केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।
शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे छलफल गरेका हुन् ।
संघीय सरकारमा गठबन्धनमा आबद्ध दलहरूले सुदूरपश्चिम प्रदेशमा आफूहरूलाई नटेरेपछि जिल्लामा अन्य शक्तिहरूसँग छलफल सुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले बताए । ‘उहाँहरू (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) ले हामीलाई सुदूरपश्चिम सरकारमा सहभागी गराउने विषयमा कुनै छलफल गर्नु भएको छैन,’ अध्यक्ष कुश्मीले भने, ‘सत्ताका बारेमा छलफल नगर्नेसँग चुनावका बारेमा मात्र गठबन्धन गरिराख्न आवश्यक भएन, त्यसैले हामीले अरुसँग पनि छलफल सुरु गरेका छौं ।’
जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्द र घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो । छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफललाई अघि बढाउने सहमति भएको छ ।
‘एमालेका साथीहरूले जिल्लामा सम्मानजनक सहभागिताका आधारमा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भयो,’ अध्यक्ष कुश्मीले भने, ‘सम्मानजनक रूपमा सीट बाँडफाँट गरेर जाने कुरामा हाम्रो पनि सहमति छ ।’ एमालेसँग थप छलफल गरेर चाँडै टुँगोमा पुग्ने अध्यक्ष कुश्मीले बताए ।
एमाले निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्दले जसपासँग गठबन्धनको सम्भावनका बारेमा गरिएको छलफल सकारात्मक रहेको बताए । ‘एक चरणको छलफल सकारात्मक बनेको छ,’ चन्दले भने, ‘आगामी दिनमा थप छलफल गरेर तालमेलको विषयलाई टुंगोमा पु¥याइने छ ।’
सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराएपछि जसपा गठबन्धनप्रति रुष्ट बनेको छ । सुदूरपश्चिम सरकारमा काग्रेसलाई सहभागी गराइएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै सत्ता साझेदारी नगरिए वर्तमान गठबन्धन छोड्ने जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्ण चौधरीले बताएका थिए ।
सरकारमा सहभागी नगराइए आफूहरू प्रदेशमा गठबन्धनको विकल्प खोज्ने वा एक्लै चुनाव लड्ने अध्यक्ष चौधरीले बताएका थिए । सरकारका बारेमा गठबन्धनमा छलपल नहुने तर निर्वाचचनका बारेमा मात्र गठबन्धनमा छलफल हुने कुरा आफूहरूलाई माान्य नभएको चौधरीले बताए । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेसलाई मात्र सहभागी गराएपछि जसपा रुष्ट बनेको छ ।
केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चाबीच गठबन्धन बनेको छ । त्यही गठबन्धनले आगामी ३० वैशाख हुन लागेको पालिकाहरूको निर्वाचनमा गठबन्धन कायमै राखेर जान अहिले प्रदेश, जिल्ला र पालिका स्तरमा छलफल भइरहेको छ ।
कैलाली जिल्लामा हुने गठबन्धनका बारेमा २७ चैतमा गठबन्धनबीच छलफल भए पनि सहमति बनिसकेको छैन । जसपाका अध्यक्ष कुश्मीले पालिकास्तरमा दुवै दलको अवस्था मूल्यांकन गरेर गठबन्धन निर्माणको प्रयास गरिने बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोक राई र जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जानएका छन् । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार