षड्यन्त्रपुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य हुँदैन : पूर्वप्रधानन्यायाधीश पराजुली
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १७:५८:१८
♦ राजाराम दास
२९ चैत, जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली ले हिमालय देखि समुद्र पर्यन्त र इन्डोनेसिया को बाली देखि पर्सिया सम्म फैलिएको विशाल हिन्दू राष्ट्र खुम्चिँदै गएर लगभग समाप्त भैसकेको दुखद अवस्था प्रति चिन्ता व्यक्त गर्दै सत्ता परिवर्तन को आन्दोलनमा षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने बताए।
माल्दिभ्समा बुद्धिस्ट धर्म नष्ट भैसकेको उदाहरण प्रस्तुत गर्दै उहाँले माता जानकीको आशीर्वाद ले अभियान सफलहुने दृढ विश्वास व्यक्त गर्दै सबलाई आआफ्नो स्थानबाट लाग्न आह्वान समेत गरे ।
अभियानका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीको पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिना ले राष्ट्र भनेकै व्यक्तिहरू भएकोले बहुसंख्यक व्यक्तिले मान्ने धर्म नै राष्ट्रको धर्म हो। इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा देश हिन्दू राष्ट्र नै रहेको दाबी गर्दै उनले शासन व्यवस्था जुन सुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गरे।
त्यसैगरी समाजसेवी ज्योत्सना साउद ले गार्गी, याज्ञवल्क्य, अष्टावक्र र राजर्षि जनकको भूमिमा बोल्ने अवसर पाएको मा धन्यवाद दिदै लोक कल्याणकारी राज्यनै रामराज्य भएको चर्चा गरे। अभियानलाई सार्थकता प्राप्त हुने र नेपालले हिन्दू राष्ट्र को गौरव प्राप्त गर्ने दृढ विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रम संयोजक मारवाडी सेवा समिति, जनकपुर का अध्यक्ष तथा उद्योगी व्यवसायी निर्मल चौधरी ले विस्वासयोग्य पात्र पाएको कारण अभियान सफलहुने बताएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार