जाजरकोट, सुर्खेत र डोल्पाका अधिकांश स्थानमा दोहोरिने रणनीतिमा जनप्रतिनिधि
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १८:४:२३
२९ चैत, सुर्खेत । स्थानीय तहको निर्वाचनमा जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल फेरि पनि दोहोरिने रणनीतिमा छन् । नेकपा एमालेबाट प्रतिनिधित्व गदै भेरीको नगरप्रमुख रहेका चन्द्रप्रकास घर्ती पनि नगरप्रमुखमो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही पनि आफू उम्मेदवार बन्नुपर्ने भन्दै तीव्र लविङमा छन् । जुनिचाँदे गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा आफ्नो पार्टी माओवादी केन्द्रका नेताहरूसँग छलफलमा छिन् ।
बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाह आफू नै फेरि अध्यक्षमा दोहोरिने भन्दै छलफल गरिरहेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत आफू अध्यक्षमा दोहोरिने भन्दै प्रचार नै सुरु गरिसकेक छन् । उनी कांग्रेबाट प्रतिनिधित्व गर्दछन् । उपाध्यक्षहरू समेत अध्यक्षमा पदोन्नति हुनुपर्ने भन्दै पार्टीका ठुला नेतासँग टिकटका लागि छलफल जारी राखेका छन् ।
जाजरकोटमा दुई स्थानीय तहमा मात्र नेकपा एमालले उम्मेदवारको टंगो लगाएको छ भने अन्य दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
यत्ता सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल अब मेयरको उम्मेदवार हुनुपर्ने आकांक्षा राखेकी छिन ।
२०७४ को चुनावमा नेपाली कांग्रेसकी जानकी सिंहलाई पराजित गर्दै १६ हजार ६८ मतका साथ मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाको उपमेयरमा विजयी भइन् । एमालेबाट उम्मेदवार बनेकी ढकालले कांग्रेसकी सिंहलाई दुई हजार ४२ मतअन्तरले पराजित गरिन् ।
कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लासमेत रहेको सुर्खेत त्यो बेला कांग्रेसको पकटक्षेत्र मानिन्थ्यो । मेयरमा कांग्रेसकै देवकुमार सुवेदीले जिते । त्यो बेला मेयरको टिकट मागेकी ढकाललाई पार्टीले पत्याएन । उनले उपमेयरमा पनि राम्रो मत ल्यायर विजयी भइन् ।
पाँच वर्ष वीरेन्द्रनगरको उपमेयर पद सम्होलेकी ढकालले आगामी स्थानीय चुनावमा आफू मेयरको दाबेदार भएको बताइन् । ‘मसँग उपमेयर भएर काम गरेको अनुभव छ । आफैँले सुरुवात गरेका धेरै कामहरू अधुरा छन्, ती कामलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ,’ ढकालले भनिन् ।
निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भूमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । ‘विशेष परिस्थितिमा मैले कार्यबाहक नगरप्रमुखको भूमिका निर्वाह गरेको थिएँ, जसले गर्दा मेयर भएर नगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनले भनिन् ।
आठबीस नगरपालिका दैलेखकी उपमेयर दीपा बोहरा पनि यसपटकको स्थानीय चुनावमा मेयरमा आकांक्षी छन् । डोल्पाको मड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही फेरि आफूलाइ अध्यक्षको उम्मेदवार भन्दै प्रचारमा लागेका छन् ।
उपल्लो डोल्पाको काइके गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र रोकायले आफूलाई जनताले सर्वसहमत अध्यक्ष बनाइसकेको भन्दै उम्मेदवारी घोषण गरेका छन् ।
डोल्पाकै ठुलिभेरी नगरपालिकाका मेयर गणेशबहादुर शाही फेरि आफुले टिकट पाउनुपर्ने भन्दै छलफलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार