अब निर्वाचन सार्न मिल्दैन, सारियो भने देश दुर्घटनामा जान्छः थपलिया
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १८:१४:५६
२९ चैत, विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन सार्न वा स्थगित गर्न नमिल्ने बताएका छन् । निर्वाचन तयारी तिब्र तीमा रहेकाले रोक्न नमिल्ने बताएका छन् ।
निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा उनले निर्वाचन स्थगित गर्न खोज्नु भनेको देशलाई दुर्घटनामा लानु भएकाले यसो गर्न नमिल्ने बताए । थपलियाले निर्वाचनको विषयलाई लिएर विभिन्न आसंकाहरु उब्जिएको भन्दै जनमानसमा यसखालका भ्रम सिर्जना गर्न नहुने भनाई राखे ।
उनले भने, ‘गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो । अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पु¥याउन नसके दुर्घटना हुन्छ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न आाग्रह गरे । काङ्ग्रेस नेता सशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको भन्दै उनले आचारसंहिता उल्लंघन गर्ने दलहरूसँग पनि जवाफ माग गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार