इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’हुदै
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १८:५२:५९
मङ्गलबारे, २९ चैत । नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो । सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सूर्योदय नगपालिका प्रदेश नं १ सरकारले पर्यटकीय नगरीका रुपमा घोषणा गरेको छ ।
सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । उहाँका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ । एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव सञ्चालन गर्न रु ३७ लाख खर्च हुने अनुमान गरिएको छ । गोर्खा ब्रुअरी ९टुबोर्ग० को मुख्य प्रायोजन, सूर्योदय नगरपालिका र वडा नं १० को सहयोगमा सञ्चालन हुने महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन् ।
सूर्योदय होटल व्यवसायी सङ्घका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विगतका दुई वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको बताउँदै यस वर्ष महोत्सव हुने हुँदा धेरैमा उत्साह थपिएको छ । सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने आशा लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार