जथाभावी जग्गा हडप्ने भूमाफियालाई ठेगान लगाउनुपर्छः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:२०:३
२९ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौंका ठाउँठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले त्यसमा सम्बन्धित निकायले कडाइ गर्न आवश्यक भएको बताएको छ ।
प्रधानमन्त्री देउवाले भूमाफियाहरुले हडपेका जग्गाहरुको फेहरिस्त तयार गरी के कति कारणले उनीहरुमाथि कारवाही भएन त्यसको विवरण तयार पार्न पनि निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ’राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौंमा खाली ठाउँ नै नहुने गरी जग्गा हडपिएको तर, सरकारका सम्बन्धित निकायनै मौन बसेको बताए ।
उनले भने,‘भूमाफियाहरूले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् त्यो पनि पनि थाहा छैन । किन हडपी रहेका छन् त्यसको रिपोर्ट पनि छैन । भूमि हेर्ने मन्त्रालय छ । विभाग छन् उनीहरुले यसमा ककडाई गर्नुपर्छ । तलबाट सकिएन भने माथि आउनुपर्यो । भोलि काठमाडौंमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुस ।’
खाली ठाउँ सबै आफ्नो नाममा गरेका खबरहरु आइरहेको भन्दै देउवाले सहरी विकास मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौंका खाली ठाउँहरूलाई जोगाउने र खाली गराउने कामलाई तिब्रता दिनुपर्ने बताए । उनले निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार