सामाजिक सुरक्षा भत्ता : बैकिङ प्रणालीले लाभग्राहीलाई सास्ती
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:२८:४३
♦ खड्क सुनार
२८ चैत, मुगु । सामाजिक सुरक्षा भत्ता बैकमार्फत दिने व्यवस्थाले यातायात र सहज बैंकको पहुँच नभएका क्षेत्रका लाभग्राहीले सास्ती झेल्नुपरेको छ ।
मुगुमा बैकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनु पर्दा ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेको हो ।
ग्रामीण क्षेत्रमा सहजै सडक बाटो यातायातको पहुँच नहुँदा उनीहरू लाई सामाजिक सुरक्षा भत्ता पाउन गाह्रो भएको हो ।
मुगुका चारवटै स्थानीय तहले आफ्नो पायक पर्ने पालिका केन्द्र ज्येष्ठ नागरिक तथा अन्य बालपोषण भत्ता, एकल महिला भत्ता लगायत अन्य सुविधाहरू बैकिङ प्रणालीमार्फत वितरण गरे पनि दुर्गमका नागरिकहरूलाई सास्ती हुने गरेको छ ।
भत्ता पाउन निकै गाह्रो भएको छायानाथ रारा नगरपालिका-१३ रुघाकी ७७ वर्षीया नानी लावडले बताइन् । उनी सामाजिक सुरक्षा भत्ता लिन बिहानै घरबाट ज्येष्ठ नागरिक नानी लावडलाई उनका नातिनी ज्वाइँ पारसबहादुर लावडले करिब ३ घण्टा बोकेर सदरमुकाम गमगढी बजारमा रहेको ग्लोवल आईएमई बैंकमा पुर्याए ।
‘बाटो उकालो, अप्ठयारो पनि छ, फेरि उहाँ दृष्टिविहीन पनि हुनुहुन्छ,’ पारसबहादुरले भने, ‘घरमै गाडी पुगेको भए सहज हुन्थ्यो । बैकिङ प्रणालीले भत्ता लिनै गाह्रो भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार