संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध लागेकाहरु फेरी सक्रिय हुँदैछन्ः अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:२७:१६
२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध लागेकाहरु फेरी सलबलाउन थालेको बताएका छन् । उनले अहिले पनि परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ’राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’ लाई सम्बोधन गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू अहिले पनि रहेको बताए ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन खोज्नेलाई परास्त गरेको उल्लेख गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई रुचिकर नठान्नेहरू कुनै न कुनै रूपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरतहरू भइरहेको बताए ।
यस्तो परिस्थितिमा विकास निर्माणका विधेयक र ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने दाहालले बताए । उनले भने, ‘ग्लोबलाइजेसन र डिजिटलाइजेसनको युगमा हामीले आफ्नै मौलिक प्रकारको विकासको मोडेल अपनाउनुपर्ने छ । ग्लोबलाइजेसन र डिजिटलाइजेसनबाट फाइदा त लिन सकिन्छ तर अरुको यान्त्रिक मोडल मात्रै अपनाउनु हुँदैन ।’
प्रचण्डले सहरी विकास नीति, सहरी विकास ऐनको विधेयकसँगै एकीकृत कोरिडोर निर्माणसम्बन्धी विधेयक बनाउन लाग्नु सकारात्मक भएको बताए । सहरी विकास मन्त्रालयले नीति र ऐन निर्माण गर्दै छ । विकास मोडलबारे नयाँ संविधानले अंगिकार गरेको नीतिभित्र रहेर राजनीतिक परिवर्तन सम्बोधन गर्नेगरी विधेयक निर्माण हुँदा खुसी भएको प्रचण्डले बताए ।
उनले मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिवसँगै सम्बद्ध सबैलाई धन्यवाद पनि दिए । अन्य मन्त्रालयहरूले पनि संविधानको मर्म र भावनाअनुसार मन्त्रालयको कामलाई परिमार्जित र परिवर्तित रूपबाट गर्ने कुरामा ध्यान दिन प्रचण्डको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार