कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:३०:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/krisi-tatha-pasupalapn_L2W6gywaI6.jpeg)
२९ चैत, काठमाडौँ, ।
नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ ।
किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो ।
महासङ्घका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता सरकारले गर्न सकेमा देशमा कृषि क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।
महासङ्घका कोषाध्यक्ष दीपक गौतमले कृषिमा लागेका जनसङ्ख्याको ६० प्रतिशतले बाख्रापालन गर्ने भए पनि स्वदेशी उत्पादनका लागि सरकारले उचित नीति बनाउन नसकेकाले भारतबाट बाख्रा आयात भइरहेकामा चिन्ता व्यक्त गरे। पशुपालन क्षेत्रमा बीमा कम्पनीले बीमा लिन नखोज्ने, लिएकाको भुक्तानी ढिलाइ गर्ने समस्या रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार