डढेलो नियन्त्रणका लागि वन दस्ता तयार
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:४३:१७
२९ चैत्र , काठमाडाैँ। गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुन सक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको हो ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न वनदस्ता परिचालन गरिएको छ । उनीहरुले समुदायमा पुगेर डढेलोबाट हुनसक्ने क्षतिको विषयमा जानकारी गराउनेछन् । डढेलो लागेमा सूचना दिने र क्षति कम गर्ने विषयमा समेत उक्त दस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले जानकारी दिए ।
गर्मीको समयमा जिल्लामा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अत्यधिक डढेलो लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न कार्यालयले सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया र संयुक्त ¥याली, आमा समूहहरुसँग छलफललगायत काम गरिरहेको सूचना अधिकारी खनालले बताए । उनले भने, “डढेलो लाग्नै नदिन र लागेमा नियन्त्रणका लागि समुदाय स्तरमै गरिने कामलाई हामीले तीव्र पारेका छाँै ।”
डिभिजन वन कार्यालयअन्तर्गत जिल्लामा ९३ सामुदायिक वन, पाँच धार्मिक वन, ४३१ कबुलियती वन र १७१ निजी वन छन् । ती वनमध्ये डढेलोको मुख्य जोखिममा बरण्डाभार क्षेत्रमा रहेका १७ सामुदायिक वन रहेको सूचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार मान्छेको पहुँच बढी हुने भएकाले यो क्षेत्रमा डढेलोको जोखिम हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार