संघीय सरकारलाई मधेसका प्रहरी चौकी खाली गर्न मन्त्री साहको चेतावनी
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:४:३१
२९ चैत, जनकपुर । प्रदेश प्रहरी भनार्मा चासो नदिएको भन्दै मधेस प्रदेशका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले संघीय सरकारलाई मधेसका प्रहरी चौकी खाली गर्न चेतावनी दिएका छन् । निर्वाचनको समय आइसक्दा समेत संघीय सरकारले प्रहरी भर्ना गर्न सहमति नदिएको उनको साहको छ ।
मंगलबार प्रदेशसभामा पेस गरिएको प्रदेश प्रहरी संकल्प प्रस्तावमाथि धारणा राख्ने क्रममा मन्त्री साहले संघीय सरकारले सहमति नदिए पनि प्रदेश प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।
उनले प्रदेश प्रहरी भर्नाका लागि मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव लग्ने दाबी गर्दै अब पनि संघीय सरकारले ध्यान नदिए आफैले प्रहरी भर्ना खोल्ने बताए । यसका लागि प्रदेशसभासँग निर्देशन माग्दै साहले भने,‘म ठाडो प्रस्ताव मन्त्रिपरिषदमा लग्छु । देश द्वन्द्वमा जान्छ भने जाओस् । म प्रहरी भर्ना निकाल्छु–निकाल्छु ।’
संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाइसके पनि प्रहरी समायोजन नगर्दा प्रदेश सरकारहरूले आफ्नो प्रहरी गठन र भर्ना खोल्न सकेको छैनन् । लामो समयदेखि प्रहरी समायोजन थाँती रहँदा मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा प्रहरी समायोजन गर्न रिटसमेत हालेको छ ।
प्रदेशसभाको बैठकले प्रदेश प्रहरीसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । उनले भने ‘मैले पार्टी अध्यक्ष प्रचण्डजीलाई पनि भनेको छु, संविधानको अधिकार दिइएन भने विद्रोह गर्छु । पार्टीले साथ दिनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार