दातृ निकायलाई समेत प्रभाव पर्ने गरी गभर्नरलाई निलम्बन गर्नु ठिक भएनः डा. कोइराला
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:२५:२०
२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले हठातमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर सरकारले गलत काम गरेको बताएका छन् ।
उनले अहिलेको संकटपूर्ण अवस्थामा गभर्नरमाथि गरिएको कारवाहीले विदेशी दातृ निकायलाई समेत प्रभावित बनाएको बताएका छन् ।
मंगलबार निजामती कर्मचारी युनियनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गभर्नरलाई निलम्बन गर्दा अर्थतन्त्र झन् अप्ठ्यारो अवस्था तर्फ मोडिने बताए । देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकको गभर्नर निलम्बन गरिनु गैरजिम्मेवारीपूर्ण काम भएको उनको भनाई छ ।
कोइरालाले ४० करोड विदेशी रकम नेपाल आएको र त्यसबारे छानबिन राष्ट्र बैंकले गरेको प्रसंग निकाल्दै विश्वमा जहाँ पनि अर्थमन्त्री र गभर्नरबीच खटपट चलिरहेको हुने बताउँदै यसैलाई ठूलो विषय बनाएर कारवाहीमा जानु ठूलो भुल भएको बताए ।
नेपालको अर्थतन्त्र र यसलाई सम्हाल्ने निकायप्रति विश्वको ध्यान जाने भन्दै उनले विश्व बैंक, एशियाली विकास बैंक, आइएमएफ र अरु धेरै दातृ निकायहरुमा यसले नराम्रो संदेश दिएको बताए ।
कोइरालाले भने,‘देशको अर्थतन्त्र ओरालो लागेको अवस्था छ । त्यो अर्थतन्त्र ओरालो लागेको बेलामा राष्ट्र बैंकको गभर्नरलाई निलम्बन गरिएको छ त्यसले झन् अप्ठ्यारो परिस्थितिमा जान्छ भन्नेमा दुईमत छैन । किनभने नेपालको अर्थतन्त्रलाई विश्व बैंकलगायतले सुष्म ढंगले हेरिरहेका छन् ।’
कोइरालाले सुपारी, मरिच, छोकडा, मटरदानाको आयात किन भइरहेको छ भन्ने प्रश्न गरेका छन् । यस्ता बस्तु आयात गर्दा अर्बौं विदेशी रकम खर्च हुने उनको भनाइ छ । ‘यति धेरै सुपारी किन चाहियो नेपाललाई? त्यसको जवाफ सरकार र अर्थमन्त्रालयले दिनुपर्छ,’ उनले भने ।
यस्ता आयात रोक्न खोजेर गभर्नरले गल्ती नगरेको उनले बताए । ‘उहाँका केही कमीकमजोरी होलान् तर अर्थतन्त्र ओरालो लागेको बेलामा गभर्नर निलम्बन गर्नु सरासर गैरजिम्मेवारपन हो,’ उनले भने ।
कोइरालाले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नै निर्णय र निर्देशन अवज्ञा गरेर केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको बताए ।
स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको भन्दै उनले आपत्ति जनाए । संयम र धर्यताकासाथ अघि बढ्न कांग्रेस नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार