घरघर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रह्यो: कांग्रेस
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:४२:४
२९ चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ ।
एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए ।
’धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,’ उनले भने ।
पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
’घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी तालमेलका विषयमा पनि उहाँहरूको धारणा कस्तो छ ? त्यो बुझ्ने मौका मिल्यो,’ डा. महतले भने । स्थानीय तह निर्वाचनका लागि पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा पनि नजिकबाट बुझ्ने मौका मिलेको उनको भनाइ छ ।
स्थानीय तह लक्षित गरेर कांग्रेसले गत २९ फागुनदेखि एक महिने अभियान सञ्चालन गरेको थियो । अभियानमा कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू गाउँघर केन्द्रित भएका थिए ।
अभियानको क्रममा केन्द्रीय प्रतिनिधिहरूलाई गाउँघरमा कांग्रेसबारे जनताको धारणा, पार्टीबारे फैलाइएका भ्रम चिर्ने, चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा जनताको धारणालगायतका विषय बुझ्ने म्यान्डेट पाएका थिए ।
एक महिने अभियान सकेर केन्द्रीय प्रतिनिधिहरू सबै काठमाडौं फर्किँदैछन् । उनीहरूले आफूलाई खटाइएको जिल्लाको वस्तुस्थितिबारे प्रतिवेदन बुझाउनुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार