लोपोन्मुख जडिबुटी संरक्षण गर्दै वनस्पति अनुसन्धान केन्द्र
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:५८:५८
२९ चैत, जुम्ला । ठिन्केस्थित वनस्पति अनुसन्धान केन्द्रले स्थानीय किसानलाई साथमा लिएर लोपोन्मुख जडिबुटी संरक्षण सुरु गरेको छ । विशेषगरी औषधिजन्य लोपोन्मुख वनस्पतिको संरक्षण र प्रवद्र्धन गर्नेगरी केन्द्रले योजना बनाएको हो ।
अतिस, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार धूपीलागायतका लोपोन्मुख वनस्पति संरक्षण गर्न थालेको केन्द्रका प्रमुख रमेश बस्नेतले बताए । उनले भने, ‘जुम्लामा मात्रै पाइने ६१ प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षणमा जुटेका छौँ । किसानलाई पनि अतिसका बिरुवा दिएका छौँ ।’ यसले एकातर्फ लोपोन्मुख जडिबुटीको संरक्षण हुने र अर्कोतर्फ वनस्पतिबाट हुने फाइदा बारे स्थानीयले पनि थाहा पाउने बताए । यस्तै केन्द्रले वनस्पति विभागको ६२औँ वार्षिकोत्सव तथा २३औँ वनस्पति दिवस र नयाँ वर्षको अवसरमा शुभकाना आदनप्रदान पनि गरेको छ ।
कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइँले जुम्ला जैविक विविधताका हिसाबले महत्वपूर्ण रहेको बताइन । यस्तो विविधताको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उनले बताइन । साथै जडिबुटीको उपयोगिता र संरक्षणसम्बन्धी परम्परागत ज्ञान र आधुनिक प्रविधिलाई संयोजन गर्नुपर्ने उनको जोड छ ।
समाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराम चौलागाइँले अनुसन्धान प्रयोजनका लागि निकासी भएका जडिबुटीको दुरुपयोग हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । गुठीचौर गाउँपलिका–५ का अध्यक्ष चन्द्रबहादुर नेपालीले केसर खेतीको नामले चिनिएको यो क्षेत्रमा आउने पर्यटकलाई निगरानी गर्नु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार