निर्वाचनका लागि एमाले स्वास्थ्य विभागको २१ बुँदे सुझाव
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:१२:५४
२९ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले २१ बुँदे सुझाव पेस गरेको छ ।
एमाले घोषणापत्र मस्यौदा समितिलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सुझाव पेस गरेको हो ।
उक्त सुझाव पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समितीले पार्टीका विभिन्न तह, विभाग तथा बुद्धिजीवीहरुबाट सुझाव आह्वान गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमले सुझाव पेश गरेका हुन् ।
नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षीय योजना तथा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयगत कानुनले निर्दिष्ट गरेका प्रावधानहरूको कार्यान्वय गर्न तिर लाग्न सुझाव दिइएको छ ।
निरोगी नेपालमार्फत् ’सुखी नेपाली र सम्वद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार र राज्यको दायित्व भएको कुरालाई समेत आत्मसात गर्न सुझाव पेस गरिएको छ ।
स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने भनेर घोषणापत्र बनाउन सुझाव दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार