अस्वस्थ्य भएकाले जिम्मेवारी नलिएको हुँः निर्वाचन अधिकृत रावल
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:३३:४९
२९ चैत, काठमाडौं । निर्वाचन आयोगले चितवनका निर्वाचन अधिकृत परिवर्तन गरेको विषयमा विभिन्न टिकाटिप्पणी हुँदा न्यायाधीश हेमन्त रावलले प्रस्टीकरण दिँदै निर्वाचन निष्पक्षतामा शंका नगर्न आग्रह गरेका छन् ।
भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलको सट्टा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको विषयमा विभिन्न टिकाटिप्पणी भएपछि रावलले प्रस्टीकरण दिएका हुन् ।
गत २६ चैत देखि रिंगटा लाग्ने र बान्ता हुने समस्याले दुई दिनको अस्पताल बसाईपछि हाल घरमा आराम गररहेको उनले जनाएका छन्उँ । अझै बेडरेष्ट गर्नुपर्ने भएकाले जिम्मेवारी लिन स्वयंले आग्रह गरेको उनको भनाइ छ ।
‘स्वास्थ्य अवस्थामा तत्काल पूर्ण सुधार आइनसकेको अवस्थामा थप केही दिन घरमै आराम गर्नु पर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु,’ रावलको प्रस्टीकरणमा भनिएको छ, ‘मेरो यो असहज अवस्थामा मैले निर्वाचन आयोगमा गरेकोे अनुरोध बमोजिम नै आयोगबाट हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषद्बाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अवस्था हो ।’
उनले निर्वाचनको निष्पक्षतामाथि आशंका नगर्न पनि आग्रह गरेका छन् । ‘मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितिलाई सोही रूपमा बुझिदिनु हुन र निर्वाचनको निष्पक्षतामा असर पर्ने गरी आयोग र अन्य कुनै राजनीतिक दलप्रति कुनै किसिमको टिकाटिप्पणी नगरि दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु’ रावलको अपिल छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार