सत्ता भागबण्डाः कांग्रेसलाई विराटनगर, माओवादीलाई भरतपुरमा सहमति !
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २३:७:३
२९ चैत, काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले भरतपुर महानगरपालिका पुनः माओवादीलाई छाड्न तयार भएको छ । ६ वटा महानगर भागबण्डामा सहमति जुटिनसकेको भएतापनि भरतपुर महानगरपालिका भने माओवादीलाई छाड्न कांग्रेस तयार भएको स्रोतले जनाएको छ ।
शीर्ष तहमा चार दलबीच महानगरको भागवण्डाबारे अनौपचारिक सहमति जुटेको तर बाहिर भनिनसकेको पनि बताइएको छ । सत्तारुढ पाँच दलमध्ये कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एकवटा महानगरको नेतृत्व लिनुपर्नेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
माओवादीको दाबी पहिलादेखि नै भरतपुर महानगरमा रहेको छ । त्यसमा कांग्रेसका जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्कै देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेका छन् । भरतपुरबाट धेरै नेताहरु आकांक्षी रहेका छन् । तर कांग्रेसले जसलाई दिएपनि निर्वाचन जित्ने भएकाले त्यहाँ नछाड्न स्थानीय नेताहरुले सभापति शेरबहादुर देउवालाई लगातार दबाब दिइरहेका छन् ।
भरतपुर महानगरमा दाबी गर्नेहरूलाई सभापतिका प्रत्यासी डा.शेखर कोइरालाले उचालेको बुझाइमा देउवा देखिएका छन् । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ । गठबन्धन कायम नरहँदा पनि जसपाको बलियो उपस्थिति रहेको बीरगञ्जमा गठबन्धन भएमा झनै सजिलो हुने देखिएको छ । माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना बलियो छ । तर पोखरामा पनि कांग्रेसका नेताहरुले लविङ गरिरहेका छन् । उनीहरु केन्द्रमा डेलिगेशन आएका छन् ।
कांग्रेसभित्र कतिपय नेताहरूले एकीकृत समाजवादीलाई काठमाडौंमा उपमेयर दिएर पोखराको मेयर लिनुपर्ने लविङ पनि गरेको भएपनि मानिरहेका छैनन । तर, एकीकृत समाजवादी एउटा महानगर नछोड्ने अडानमा छ । एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने अडानमा एकीकृत समाजवादी छ । कांग्रेसले काठमाडौं महानगर नछोड्ने भएकै कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिएको हो ।
एक नेताले बताएअनुसार नगरपालिका र गाउँपालिकामा हुने तालमेलको विषय टुंगो नलागेका कारण मात्रै अन्तिम मोडालिटी नआएको हो । सत्ता गठबन्धनका नेताहरूले आज तालमेलको मोडालिटी टुंगा लगाउने बताइरहेका छन् । माओवादी केन्द्रले भरतपुर नछाडेपछि कांग्रेसले देशभर गठबन्धन भत्कनेसक्ने भन्दै प्रचण्डको भागमा भरतपुर महानगरपालिका पारेको हो ।
पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाको भागबन्डाका विषयमा आज औपचारिक छलफल हुदैछ । यी दुई महानगरपालिका अघिल्लो निवार्चनमा नेकपा एमालेले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार