तपाइहरुलाई भ्रम नहोस् नेपालमा वामपन्थी सिंगल एमाले हो: केपी ओली
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:३८:२२
२९ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दावी गरेका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नेकपा एमाले सिंगल बामपन्थी भएको बताए ।
’भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो । कांग्रेसको पछाडि पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन् । आन्दोलनका पछाडि लाग्ने वामपन्थी । एमाले वामपन्थी हो । वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन् । हामी कोही झुक्किनु पर्ने अवस्था छैन् ।’ ओलीले भने ।
माओवादी केन्द्रको भाँडो रित्तो भइसकेको उनको टिप्पणी थियो । ’माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन् । माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरूले केन्द्र भनेका छन् । दुई चार जना नेता छन्, अधिकांशले छोडिसके ।’ ओलीले भने ।
माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउँमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार