कर्णालीका २९४ मतदानस्थल अति संवेदनशील
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:४५:१४
२९ चैत, सुर्खेत । जटिल भू-बनोट र छरिएका बस्ती रहेको कर्णालीमा दुई सय ९४ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णालीका ७९ वटा स्थानीय तहमा नौ सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र छन् ।
आसन्न स्थानीय तह निर्वाचनमा प्रदेश सुरक्षा समितिले तयार पारेका प्रतिवेदनमा उक्त कुरा उल्लेख रहेको छ । सबैभन्दा बढी ७३ वटा मतदानस्थल कालीकोटमा र जाजरकोटका एक संवेदनशील रहेको हुन् ।
चार सय चार मतदानस्थल संवेदनशील, दुई सय आठ मतदानस्थल सामान्य अवस्थामा रहेको समितिले जनाएको छ । सुरक्षाका हिसाबले हिमाली जिल्लामा सबैभन्दा बढी समस्या छ ।
जान र आउन मात्र हप्ता दिन लाग्ने ठाउँ भएकाले पनि समस्या भएको हो । उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग, मुगुका अधिकांश भागमा आउन र जान समस्या छ ।
संवेदनशील ठाउँमा सबै तहका सुरक्षाकर्मी परिचालन गरिनेछ । अति संवेदनशील मानिएका मतदानस्थलमा चारवटै सुरक्षा निकायले सुरक्षा, व्यवस्थापन र समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
चारवटै सुरक्षा निकायको टोली सुरक्षा बिट र मोबाइल टिम व्यवस्थापनमा जुटेको छ । संवेदनशील स्थानहरूमा के कस्तो सुरक्षा व्यवस्था मिलाउन सकिन्छ भनेर सम्बन्धित पालिकाहरूसँग समन्वय गरिरहेको उनले बताए । अहिलेदेखि नै अति संवेदनशील मानिएका क्षेत्रमा नियमित गस्ती गर्ने व्यवस्था मिलाएको उनले थपे ।
जाजरकोटमा संवेदनशीलको संख्या बढ्न सक्ने आंकलन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहदुर शाहीले जानकारी दिए । अधिकांश ठाउँमा टावरले काम गर्ने र यातायाता सञ्चालन नहुँने पाइएकाले थप्ने की भन्ने थियो तर समय सकिएकोले त्यो सूचीमा सूचिकृत हुन नसकेको प्रजिअ शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार