हिसान विभाजित, सिलवालका कारण दुई अलगअलग कार्यसमिति गठन
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २३:२०:४४
२९ चैत, काठमाडौं । उच्च माध्यमिक बिद्यालय ‘हिसान’को काठमाडौंमा यही चैत्र २५ र २६ गते भएको आठौं महाधिवेशन अन्योलमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरेको हिसान निवर्तमान अध्यक्ष रमेश सिलवालका कारण अन्योलमा परेको हो ।
उद्घाटन सत्रपछि बौद्धिक बहस भएको द पार्क भिलेज रिर्साेटमा स्वघोषणा गरेका अध्यक्ष सिलवालको चौतर्फी आलोचना समेत भएको छ । सामान्य निवाचनको प्रक्रिया समेत नअपनाई आर्फैले अध्यक्षको घोषणा सिलवालले गरेका छन । विभिन्न जिल्लाबाट हिसानका प्रतिनिधिका रुपमा आएका प्रतिनिधि अध्यक्षको शैली शिल्पका कारण चकित परेका छन ।
मधेश प्रदेशबाट आएका शिवनारायण झाले भने “सामान्य कक्षा प्रतिनिधि बनाउँदा त सबै विद्यार्थीको भावना बुझेर बनाईन्छ । यो के हो ? हिसान भनेको सिलवालको घर परिवार हो कि कसो” अचम्म मान्दै गुनासो व्यक्त गरे । महाधिवेशनस्थलमा आफै अध्यक्षलगायत एकल पक्षीय साथीहरुलाई समेटेर आफैले माइक समातेको दृश्य लज्जाजनक थियो ।
काठमाडौ जिल्ला हिसान, वरिष्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ, आर वि अधिकारी, शिव अधिकारी, भवानी अधिकारी , कृष्ण प्रसाद न्यौपाने, त्रिभुवन कुमार भटट, वंशीराम चौधरी, टंक प्रसाद गैह्रै, रिसी न्यौपाने, रमेश घिमिरे, वासुदेव पोखरेल, डा लुइटेल, सुदर्शन जमरकटेल, केशव धामी, किरण भटटलगायतका व्यक्तित्वहरुले पुनः अधिवेशन गराएका थिए । जसमा निष्ट कलेजका प्राचार्य डा. माधव बरालको संयोजकत्वमा समन्वय समिति गठन गरेका छन । जसमा करिब २ सय भन्दा बढीले हस्ताक्षर समेत गरेका छन । सो बेला अध्यक्ष सिलवाल लाज लागेर मञ्चबाट भागेका थिए ।
डा. माधव बराल हिसानका संस्थापक सदस्य २०५२, हिसानका उपाध्यक्ष , गतवर्षको निवार्चनमा रमेश सिलवाललाई सहमतिमा छाडेका प्राज्ञिक बौद्धिक क्षमतावान , परिपक्व व्यक्तित्व हुन । यसरी अलोकतान्त्रिक, अप्रजातान्त्रिक विधिबाट सामान्य निर्वाचनको प्रक्रिया समेत नअपनाई आफैले अध्यक्षसहित समितिको नाम राखेकोमा धैरै जिल्लाबाट असन्तुष्टि व्यक्त गर्दै सिलवालको समितिमा नबस्ने घोषणा धेरैले गरेका छन ।
डा. माधव बरालले हिसानको हकहितका लागि अप्रजातान्त्रिक पद्दतिका लागि आफू एक्लै भएपनि लडेर प्रजातान्त्रिक पद्दतिको हिसान , बौद्धिक व्यक्तित्वको हिसान बनाउने प्रतिज्ञा गरेका छन । उनले हिसानको अन्तर्राष्ट्रिय सम्मेलनसमेत गर्ने धारणा सार्वजनिक गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार