पोखरा महानगरको जनमत देखाएर देउवालाई दवाव दिन कास्कीका कांग्रेस काठमाडौंमा
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २३:९:५०
२९ चैत, काठमाडौं । महानगरका विषयमा सत्ता गठबन्धनभित्रै सहमति जुटाउन सकस भइरहेका बेला सबै दलमा जिल्लाबाट शीर्ष नेतालाई दवाव दिन काठमाडौं आउने क्रम बढेको छ ।
चितवन, मोरङदेखि मधेश प्रदेशका नेताहरुले शीर्ष नेतालाई भटेर महानगर आफ्नो पक्षमा पार्न दिइरहेकै बेला कास्की कांग्रेसको एक टोली पनि काठमाडौं आइपुगेको छ ।
केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की कांग्रेसका नेताहरू काठमाडौं आएका हुन् । सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैले पाउनुपर्ने माग राख्ने छन् । टोलीमा पुर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता काठमाडौं आएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधबार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए । ‘अहिलेसम्म निर्णय भएको छैन । कांग्रेसबाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडौ पुगेका हौं,’ उनले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन् । अरुलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’
डेढदेखि दुई सय जना नेताकार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । ‘गठबन्धन गर्ने निर्णय ठिकै छ । तर, जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेको हो । जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौं । डालाको चामल मानामा खन्याउँदा पोखिन्छ । मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ । पोखरामा कांग्रेस डालो हो, अरु माना हुन् ।’
उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ । केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन । ‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्विकार गर्छौं । जबरजस्ती निर्णय लाद्न खोजे आफै निर्णय गरेर पोखरामा कांग्रेस जिताउँछौं,’ पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘प्रमुख पद छोड्नु कांग्रेसका लागि महंगो हुनेछ ।’
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमालेबाट एकीकृत समाजवादीका रुपमा फुटेपछि कांग्रेसलाई जित्ने आस छ । माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सहयोग गरेको भन्दै पैंचो फिर्ता हुनुपर्ने माग राखेको छ । समाजवादीले समेत मेयरमा जित्ने दावी पेश गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार