मधेश प्रदेश सभाको ८औँ अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २३:१६:४१
२९ चैत, जनकपुरधाम । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाको ८औँ अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुँदै छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य हुने जानकारी दिएका हुन् ।
मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर जानकारी गराएका हुन् ।
प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।
२९ मंसिरदेखि सुरु भएको आठौँ अधिवेशन चार महिना चलेको हो । यस अवधिमा २० वटा बैठक बसेको र सरकारबाट तीनवटा विधेयक दर्ता भएको हो । चारवटा विधेयक सभाबाट पारित भएको हो । त्यस्तै एउटा विधेयक प्रमाणिकरण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार