कालीगण्डकी नदी किनारामा प्रहरीको ‘सिमुलेशन’
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २३:३७:४६
२९ चैत, स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’(सिमुलेशन) गरिएको छ । सशस्त्रप्रहरी बल नेपाल ३० नं. गुल्म स्याङ्जाको आयोजनामा सिमुलेशन गरिएको हो । कालीगण्डकी नदी किनारामा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म पु¥याउने बिधिका बारेमा नमुना अभ्यास गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको समन्वयमा सिमुलेशन गरिएको हो ।बाढी पहिरो आउँदा कसरी र कुन कुन माध्यम उपयोग गरेर मानवीयर सोसंगै जोडिएका भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन न्यौपानेले जानकारी दिए ।
बर्षेनी बाढीपहिरो, चट्टयाङ्, आगलागी, दुर्घट्ना र महामारी लगायतका बिपत्ती तथा प्रकोपले पु¥याउने जनधनको क्षती न्युनिकरणका गर्न उद्धार टोलीले गर्नुपर्ने विविध कार्य, तयारीका बारेमा सिमुलेश नगरिएको न्पौपानेले बताए । बाढी र पहिरोजन्य जोखिममा नेपालविश्वकै ३० औं नंम्बरमा रहेकोे स्पष्ट पार्दै उनले बर्षेनी बाढी पहिरोले धेरै ब्यक्तिले ज्यान गुमाएका हुन्छन भने करोडौं मूल्यको सम्पती नष्ट हँुदै आएका बताए ।
प्राकृतिक तथा अन्य विपत्तीबाट छिटो छरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने विधि र प्रक्रिया अपनाई सिमुलेशन गरिएको मुक्तिनाथ बाहिनी पतिशम्भु सुवेदीले जानकारी दिए ।
“विपत्ती र आपत्ती कति बेला आउछ त्यो कसैलाई थाहा नै हुदँैन ।”बाहिनीपति सुवेदी भने,“बिपत्तीका बेला सुरक्षाकर्मीले आफनो शरिरलाई जोखिममै राखेर पनि उद्धार कार्यमा खटिरहन्छन् ।”अभ्यासमा गरेजस्तै उद्धार टोली यसरी नै तयारी अवस्थामा खटिरहने उनले बताए ।
बर्षेनी गरिने अभ्यास अन्र्तगत चालु बर्ष लम्जुङ्मा भूकम्प सम्बन्धी, कास्कीमा फेवातालमा डुब्ने अभ्यास सम्बन्धी र स्याङ्जा विपद् उद्धार सम्बन्धी नमूना अभ्यास गरिएको बाहिनी पति सुवेदीले बताए ।
जिल्लामाहुने हरेक विपद्का बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले बढो जिम्मेवारी पूर्वक काम गर्दे आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका राजुप्रसाद पौडेलले बताए ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ कार्यान्वयमा रहेको र जसका कारण विपद् व्यवस्थापन तथा उद्धारमा थप सहज बनेको प्रजिअ पौडेलले बुझाई छ । विपद् व्यवस्थापनको नमुना अभ्यास वडा तहसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको उनले औल्याए ।
करिब डेढ घण्टाको नमुना अभ्यासमा क्रममा ‘बाढीपहिरोमापरी कालीगण्डकी नदीमा चिच्चाउँदै बगेका ४ युवाहरुलाई केही सुरक्षाकर्मीले डोरीबाट हामफालेर, केही डुंगामा चढेर, केही पौडिदै गएर बग्दै आएका युवालाई उद्धारगरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पु¥याउने गरिएको थियो ।
नमुनाका रुपमा बेपत्ता एक ब्यक्तिलाई गोताखोरका माध्यमबाट खोजेर नदीबाट बाहिर निकाली मृत रहेको शरिर उनका आफन्तलाई जिम्मा लगाउनेसम्मका चरणबद्ध कार्य प्रद्र्धशन गरिएको थियो। बाढी पहिरोले घर भत्केपछि गरिने उद्धार र अस्थायी घर बनाई स्थानान्तरणसम्मका अभ्यास पनिसमा बेश गरिएको सशस्त्र प्रहरी बल निरिक्षक उमेश ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार