विप्लवलाई ओलीको आग्रहः तपाइको बहानामा चुनाव सार्न खाेजिँदैछ, सूर्य चिह्नबाट लड्नुहोस
नेपालबहस संवाददाता
चैत २९, २०७८ बुधबार १:४२:३६
२९ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्दको पार्टीलाई अघि सारेर चुनाव सार्ने षडयन्त्र भइरहेको बताएका छन् । ओलीले गठबन्धनको चुनाव सार्ने बहानाको कारण नबन्न भन्दै चन्दलाई एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्न पनि आग्रह गरेका छन् ।
ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चन्दलाई एमालेको सूर्य चिह्नबाट चुनावमा उठ्न आग्रह गरे ।
अहिले पनि चुनाव सार्ने कोसिस भइरहेको र विगतमा पनि स्थानीय तह रिक्त गराउने शेरबहादुर देउवानै भएकाले २०५९ कै जस्तो अवस्था फेरि आउन नदिनका लागि चन्दलाई सूर्य चिह्नबाट लड्न आग्रह गरेका हुन् ।
उनले चन्दलाई सहभागी गराउने नाममा कुनै पनि हालतमा चुनाव सार्नु मान्य नहुने चेतावनी दिए । विगतमा विभिन्न बहानामा चुनाव सारिएको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आए प्रतिवाद गर्ने उल्लेख गरे ।
उनले देउवा, दाहाल, र नेपालको षड्यन्त्रमा परेर चुनाव नै धकेल्ने खेलमा नलाग्न चन्दसँग आग्रह गरे ।
चुनाव सर्ने अस्त्रको रुपमा चन्दलाई देखाउन खोजेको ओलीले बताए । ’यसका लागि विप्लवलाई देखाउन खोज्नुभएको छ म अहिले विप्लवजीलाई भन्छु तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुहोस् । तपाईंलाई षड्यन्त्रकारी नेता होइन तर षड्यन्त्रको सिकार हुँदै हुनुहुन्छ’, ओलीले भने ।
उनले अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन चन्दलाई आग्रह गरे ।’ विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस’ ओलीले भने ।
चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।
‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन ? त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’ ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार