स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन निर्देशन
नेपालबहस संवाददाता
चैत २९, २०७८ बुधबार २:२४:२०
२९ चैत, काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।
आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।
सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो । बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिने निर्णय भएको हो ।
बैठकले त्यसका लागि मापदण्डसमेत निर्धारण गरेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
मापदण्डअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवार जितेको छ सोही कायम गर्ने र नेकपा (एमाले) ले जितेको ठाउँमा मतभारलाई समेत ध्यान दिएर प्रतिवेदन पठाउन भनिएको छ ।
आगामी वैशाख ३० गते एकै चरणमा ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार