मिष्टर नेपालका प्रतिभा अनेक

नेपालबहस संवाददाता
चैत २९, २०७८ बुधबार ४:१४:५२

२९ चैत, काठमाडौं । ‘मिष्टर नेपाल २०२२’ को अन्तिम स्पर्धा बैशाख ३ गते हयात रिजेन्सी होटलमा एक भब्य समारोहका बिच आयोजना हुँदैछ । विभिन्न चरणबाट छानिएका अन्तिम ३६ प्रतियोगी फाइनलमा शिर्ष उपाधिका लागि भिड्दैछन् ।
आइतबार लाजिमपाटस्थित वाल्नट बिस्ट्रोमा प्रतियोगिताको ट्यालेन्ट राउण्डमा आयोजना भएको थियो । सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङ लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । यो चरणको निर्णायकमा अभिनेत्री सुष्मा कार्की, पूजना प्रधान, कोरियोग्राफर सुमन श्रेष्ठ लगायत थिए । ट्यालेन्ट राउण्डको विजेताले फाइनलमा मिष्टर ट्यालेन्टको उपाधि प्राप्त गर्नेछन् ।
‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागीता रहेको प्रतियोगीतामा देशभरबाट सहभागी छन् । प्रतियोगीतामा काठमाडौबाट एलिस गिरी, स्वराज श्रेष्ठ, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, काभ्रेबाट आकाश भैला, बिशाल महत, योगेश लामा तामाङ, जीवन गिरी, कपालिक खनालले भाग लिएका छन् ।
त्यस्तै विकाश गमाल मकवानपुर, प्रविन बिक गोर्खा, आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महतो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजया पनेरु, डा.सुनिल खरेल चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक चुडाल झापा, कैलास रावल कैलाली, दीपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् । यसपटक प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागीता रहेको छ ।
प्रतियोगीताको अन्तिम तयारी समेत पुरा भएको जानकारी नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । अन्तिम प्रतिस्पर्धा लागि प्रतियोगीले फिजिकल फिटनेश, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका बिभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिएका छन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्य रहेको प्रतियोगीतामा आफुमा मनपरेको प्रतियोगीलाई जिताउन नेपालबाट इसेवा मार्फत र संसारबाट ग्लोवल अनलाइन पेबाट मिष्टर नेपाल सर्च गरेर भोटिङ गर्न सकिनेछ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्ड २०२३’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार