कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, कोइराला पक्षका छुट्टै एजेण्डा
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १३:१३:५७
३० चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन, उम्मेदवार चयन र पार्टीको चुनावी घोषणापत्रका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (आज) बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउसो बस्ने बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । बैठकमा सत्ता गठबन्धन दलबीच तालमेलमा स्थानीय तशबाट आएका दवाव र समस्याका विषयमा पनि छलफल हुनेछ ।
आजको बैठकमा संस्थापनइतर समूले सरकारका कामकारवाहीका विषयमा पनि प्रश्न उठाउने बताइएको छ । संस्थापनइतर समूहको नेतृत्व गरिरहेको डा. शेखर कोइराला पक्षका नेताहरुले गभर्नरमाथिको कारवाही र अर्थमन्त्री परिवर्तनको विषयलाई पनि उठाउने भएका छन् ।
बैठकमा जानुअघि कोइराला पक्षका नेताहरुले सामुहिक छलफल गरी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयहरु तयार गर्ने भएका छन् । बुधबार विहान कोइराला पक्षका नेताहरुले आजको बैठकमा प्रस्तुत गर्ने एजेण्डा तयार गर्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यताका आधारमा मात्रै तालमेल गर्नुपर्ने पक्षमा रहँदै आएका कोइरालाले यसअघिनै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न प्रश्नहरु एठाउँदै आएका छन् ।
स्थानीय तह निर्वाचनमा खासगरी महानगरका विषयमा जिल्ला तहबाट आएका असन्तुष्टी र डेलिकेशनलाई पनि कोइराला समूहले महत्वका साथ उठाउने भएको छ । गठबन्धन गर्दा महत्वपूर्ण महानगरमा कांग्रेस नेतृत्व अडान राख्न नसकेको र उम्मेदवार चयनमा केन्द्रले हस्तक्षेप गरेको कोइराला पक्षको भनाई छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा संयोजक रहेको चुनावी घोषणापत्र तयारी समितिले तयार पारेको सुझाव सहितको प्रतिवदेन पेश गर्ने छ । चुनावी घोषणपत्रका लागि समितिले विभिन्न पक्षसँग सुझाव पनि लिइरहेको छ ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार