भारतमा आगलागीले अर्घाखाँचीका १४ वर्षीय बालकको ज्यान गयो
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १३:२२:१६
३० चैत, अर्घाखाँची । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो ।
मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।
आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा मजदुरी गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार