शाहको नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १४:११:४७
३० चैत, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गएको बेला नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ । दुई पार्टीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी एकीकरणको घोषणा गरेका हुन् ।
कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।
दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद अध्यक्ष रहने गरि पार्टी एकीकरण जनाइएको छ ।
जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धिकाे रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेर अगाडी जाने सहमतिअनुसार दुई पार्टीबीच एकता भएको हो । संविधानमा थ्रेसहोल्डको व्यवस्था भएपछि सानादलहरु अस्तित्वमा आउन सकेका छैनन् ।
पूर्वमन्त्री समेत रहेका शाहले एकीकरणबाट आगामी दिनमा देशलाई समानता न्यायको बाटोमा डोर्याउने कार्यलाइ अगाडी लान सहज भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार