कांग्रेसले पुर्यायो ओली कार्यकालका भ्रष्टाचार गाउँगाउँमा
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १४:५३:४४
३० चैत, काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्याएको छ ।
‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा भ्रष्टाचार भएको भन्दै पुस्तिका बनाएर गाउँ पुर्याएको हो ।
विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषय र खासगरी एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यती काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिशनका कारण खोप आउन नसकेको कुरा पुस्तिकामा उल्लेख छ ।
कोरोनाकालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताबीचमा उजागर भएका छन्,’ सो अभियानका बारेमा कांग्रेसले भनेको छ, ‘कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ ।
सो अभियान अन्तर्गत तत्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी दुई–दुई पटक भएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको कांग्रेसको निष्कर्ष छ ।
एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सो अभियान सफल भएको पनि कांग्रेसको दावी छ । ‘हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर (६० अर्ब रुपैया भन्दा बढी) को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएको बताइएको छ ।
यसबाट नेपालको अन्तर्राष्ट्रिय साख पनि अभिबृद्धि गरेको कांग्रेसको निष्कर्ष छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन्, नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ ।’
कांग्रेसको सो अभियानका गत २९ फागुनवाट सुरु गरेर चैत २९ गते समापन भएको थियो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार ६ हजार ७ सय ४३ वटा वडामा नै कांग्रेसका नेताहरू पुगेर पार्टीको पक्षमा माहौल सिर्जना गराउन सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार