निर्वाचन आचारसंहिता विपरित माओवादीको चुनावी पोस्टरमा विद्युत प्राधिकरणका कुलमान हिरो
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १६:३८:४८
३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित स्थानीय तहको चुनावी प्रचार सामाग्री ‘पोस्टर’मा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङको तस्वीर छापेर प्रचारका लागि सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचासंहितामा कुनै पनि सरकारी कर्मचारीले चुनाव प्रचार अभियानमा लाग्न नपाइने र लगेको पाइए कानूनअनुसार कारवाही हुने उल्लेख छ । तर, सरकारमा सामेल माओवादीले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ ।
कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । उनले प्रस्ताव आएपनि मेरो तस्बिर नराख्नु भनेको थिएँ तर, मेरो सहमतिविपरीत तस्बिर राखिएको बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको छ । उक्त पोस्टरमा माओवादीका अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मा पनि रहेका छन् ।
’अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब निःशुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार