खाद्यान्न हुम्ला विमानस्थलमै थन्कियो
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १६:३८:१४
३० चैत,सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पु¥याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो ।
यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ । सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार