तीन लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार १७:१५:१७
३० चैत, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रौतहटको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्राध्यानाध्यापक ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।
यसबारे आयोगले जारी गरेको विज्ञप्ति
श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट आज मिति २०७८।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार