निर्वाचन सार्ने षडयन्त्रबिरुद्ध आयोग र अदालत अडिक नभए देश दुर्घटनामा जान्छः ओली
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार २२:२४:२२
३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन कुनै पनि बहानामा निर्वाचन सार्ने षडयन्त्रमा लागेकाले अयोग र अदालत सचेत भएर बस्नुपर्ने बताएका छन् । उनले अहिलेको निर्वाचन सारिए देश फेरी ठूलो दुर्घटनामा जान सक्ने खतरा पनि औल्याएका छन् ।
बुधबार मोरङको विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओलीले चुनाव सार्न षड्यन्त्र भइरहेको र यो षडयन्त्रप्रति सवोच्च अदालत र निर्वाचन आगोग सचेत भएर बस्नुपर्ने बताए । उनले निर्वाचन आयोगले कुनै पनि हालतमा चुनाव सार्ने विषयलाई ध्यानमा राखेर रोक्नुपर्ने भनाई राखे ।
ओलीले फेरि चुनाव सार्न षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै भने, ‘स्थानीय तहको निर्वाचन नगर्न षड्यन्त्र भइरहेको छ । यस्ता षड्यन्त्रलाई अदालतले पनि मान्नु हुँदैन । निर्वाचन आयोगले पनि मान्नु हुँदैन । जसरी हुन्छ चुनाव सम्पन्न गराउनेतिरै लाग्नुपर्छ । निर्वाचन आयोग सबै तयारीको अन्तिम चरणमा पुगेका बेला चुनाव सरियो भने राम्रो हुँदैन ।’
ओलीले २०७८ सालमा गठबन्धनले धेरै षड्यन्त्र गरेको आरोप लगाउँदै यो वर्षलाई गठबन्धनको षड्यन्त्रको वर्षको संज्ञा दिए । सत्तागठबन्धनसँग एकदमै आक्रोसित भएर प्रस्तुत भएका ओलीले देशलाई विकासको गतिबाट रोकेर पछाडि फर्काउन खोजेको बताए ।
गठबन्धनले मुलुकलाई श्रीलंकाको गतितर्फ लैजान खोजे पनि आफूलाई त्यसो हुन नदिने आश्वासन दिए। उनले आगामी वर्ष २०७१ को वर्ष एमालेको विजयीको वर्ष हुनेसमेत दाबी गरे । सत्तारुढ गठबन्धन चुनाव सार्न अध्यादेश नै ल्याउने तयारीमा जुटिरहेको उनको दाबी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार