महिनावारी हुँदाको पिडा,छात्राहरु भन्छन्ः ‘स्कुल छुटाउन कसलाई पो मन हुन्थ्यो’
नेपालबहस संवाददाता
चैत ३०, २०७८ बुधबार २३:२१:४५
३० चैत, वीरेन्द्रनगर। सूर्यज्योति माविका छात्रा प्रमिला उपाध्यायले को समयमा विद्यालय अनियमित हुनुहुन्थ्यो ।
महिनावारीका बेला पेट दुख्ने समस्याका कारण उहाँ नियमित रुपमा कक्षामा बस्न सक्दैनथें । तर, आजभोलि उनी महिनावारी भएको बेला पनि नियमित कक्षामा बस्छन् । “गाह्रो भएको केही बेर आराम गर्छौं, अनि कक्षामा सहभागी हुन्छौँ”, प्रमिलाले भनिन्, “विद्यालयमा महिनावारीको समयमा आराम गर्ने बेड र सेनेटरी प्याड भएपछि हामीलाई सजिलो भएको छ ।”
गुर्भाकोट आनन्द मावि गुमीका छात्रा निशा बुचा महिनावारीका समयमा नियमित विद्यालयमा आउन सकेकीथिईनन् । महिनावारीको समयमा पेट दुख्नुको साथै बेन्चमा लामो समयसम्म बस्न समस्या हुन्थ्यो । “स्कुल छुटाउन त कस्लाई पो मन हुन्छ र”, उनले भनीन्, “विद्यालयमा आराम गर्ने ठाउँ हुन्थेन । अनि महिनाको तीन चार दिन विद्यालय आउँदैनथ्यौँ ।”
उनी मात्रै होइनन्, महिनावारीका समयमा निशाजस्तै गुर्भाकोट नगरका छात्राहरु अनियमित हुन्थे । जसका कारण उनीहरुको पढाइ छुट्थ्यो । कहिलेकाहीँ त विद्यालयमै भएको अवस्थामा महिनावारी भयो भने विद्यालयमा प्याड नहुँदा हतारहतार घरमा फर्कनुपर्ने बाध्यता हुन्थ्यो । बेन्चमा लाग्ने हो की कसैले कपडामा लागेको देख्ला भन्ने डर उनीहरुको मनमा हुन्थ्यो तर, अहिले नगरका सबै छात्राहरु महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् ।
अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरु विद्यालयमा अनियमित हुनुपर्दैन । विद्यालयमा आरामको लागि बेड र सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरु नियमित हुन थालेका हुन् । आनन्द माध्यमिक विद्यालयमा उहाँहरुका लागि चारवटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा छात्राको लागि प्याडको पनि व्यवस्था गरिएको छ ।
“गाह्रो हुँदा केहीबेर आराम गरेर फेरि कक्षा कोठामै फर्कन्छौँ”, विद्यालयमा अध्ययनरत छात्रा निशाले भनीन्, “महिनावारी हुँदा अहिले त नियमित विद्यालय आउँछौँ ।” विद्यालयका प्रध्यानाध्यापक धनपति ढकालले ‘बेडरेष्ट’ कक्षा स्थापनासँगै कुनै पनि किशोरीहरु विद्यालय छोडेर घर जानुपर्ने अवस्था नआएको बताइन । “विद्यालयमा कक्षा ६ देखि १२ सम्म २०० बढी किशोरीहरु छन् । महिनावारी हुँदा प्रायः किशोरी विद्यालयमा आउँदैनथे र आए पनि हाजिर लगाएर फर्किन्थे”, उनले भनीन्, “अहिले महिनावारीका कारण कुनै पनि छात्राले विद्यालय छोड्नुपर्ने अवस्था आएको छैन ।”
महिनावारीको समयमा छात्रालाई नियमित गराउनका लागि गुर्भाकोट नगरपालिकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरेको हो । नगरकार्यपालिकाको निर्णयानुसार नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । सुरवातमा नगरपालिकाले आनन्द माध्यमिक गुमीमा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि यहाँका २२ वटै विद्यालयमा यो कार्यक्रम लागू गरेको छ । कार्यक्रमअनुसार सो विद्यालयको एउटा कोठामा महिनावारीको समयमा छात्रालाई आरामको लागि पाँच वटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ ।
‘बेड रेष्ट’ कार्यक्रमले राम्रो प्रभाव पारेको नगरप्रमुख हस्त पुनले बताए । यसले गर्दा छात्राहरु नियमित विद्यालय आउन थालेको उनले बताए । महिनावारीको समयमा किशोरीलाई विद्यालयमा नियमित गराई उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले बताइन् । “महिनावारीको समयमा किशोरीहरुको विद्यालय नियमित नभएकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यस्तो समयमा किशोरीहरु विद्यालयमा नआउने र आए पनि बीचमै कक्षा छोडेर जाने प्रवृत्ति देखिएको थियो ।” त्यसैगरी महिनावारी भएको बेलामा किशोरी चार÷पाँच दिनसम्म विद्यालयमा नियमित उपस्थित नभएको कारण पनि उनीहरुको पठनपाठनमा समेत बाधा पर्दै आएको उनको भनाइ छ ।
“नगरभित्रका विद्यालयमा छात्र र छात्राको सिकाइ उपलब्धिलाई अध्ययन गर्दा छात्राको कम पाइयो । यसको समस्या खोतल्दै जाँदा महिनावारीको समयमा नियमित विद्यालयमा नआउनु रहेछ”, उपप्रमुख विकले भनीन्, “छात्राको सिकाइ उपलब्धि कम देखिनुका कारण बारेमा अध्ययन गर्दा महिनावारी समस्या भएकाले यसको समाधानका लागि अभियान थालेका हौँ ।” नगरका २२ वटा विद्यालयमा ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरी छात्रालाई विद्यालयमा नियमित गराउने कार्यक्रमसमेत तय गरिएको उपप्रमुख विकको भनाइ छ ।
“महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ र जसले गर्दा पठनपाठनमा बाधा पुग्छ”, उनले भने, “विद्यालयमा भएको बेला यस्तो समस्या भएमा किशोरीलाई केही समय विद्यालयमा राखिएको बेडमा आराम गरेर पठनपाठनका लागि सहयोग पुग्नेछ ।” त्यस्तै यहाँका प्रत्येक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छ । यसैगरी हरेक विद्यालयमा एकजना महिला शिक्षकलाई स्रोत व्यक्तिका रुपमा जिम्मेवारी दिएर महिनावारीको समयमा किशोरीलाई सेनेटरी प्याडको प्रयोग र परामर्श दिने व्यवस्थासमेत गरिने उपप्रमुख मैनाले बताईन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार